सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, पौष २२, २०८२
105 Views
समाचार सारांश
  • २१ पुस, मलङ्गवा।
  • सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र एक जना वन चौकीदारको शव टाउको अलग भएको अवस्थामा फेला परेको छ।

२१ पुस, मलङ्गवा।
सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र एक जना वन चौकीदारको शव टाउको अलग भएको अवस्थामा फेला परेको छ।

जंगलमा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब पाँच सय मिटर टाढा जंगलभित्र भेटिएको सर्लाही प्रहरीले जनाएको छ। महतो बिहानदेखि सम्पर्कविहीन थिए भने मोबाइल फोन पनि बन्द अवस्थामा रहेको बताइएको छ।

स्थानीयका अनुसार बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको आवाज सुन्ने केही व्यक्ति त्यस क्षेत्रमा पुगेका थिए। दिउँसोसम्म पनि महतो घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी थालेका थिए।

खोजीक्रममा महतोको शव टाउको अलग भएको अवस्थामा भेटिएको हो। हालसम्म टाउको फेला नपरेको र खोजी कार्य जारी रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। घटनास्थलमा शवको मुचुल्का उठाउने प्रक्रिया भइरहेको छ।

घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले धनुषाको लालगढबाट तालिमप्राप्त कुकुर झिकाई विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
गणतन्त्र दिवसको समारोहमा पूर्वप्रधानमन्त्रीहरुको शून्य उपस्थिति, बोलाइएन कि गएनन् ?
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल
मलंगवामा बजा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला