ट्राफिक प्रहरी सर्लाहीले कौडेना–३ पर्सास्थित कच्ची सडकमा सुरक्षा व्यवस्थापन
- सर्लाही, माघ २८ ट्राफिक प्रहरी सर्लाहीले कौडेना गाउँपालिका वडा नम्बर–३ पर्सा क्षेत्रमा पर्ने ड्राइभसन कच्ची सडक खण्डमा रातको समयमा सवारीसाधन आवतजावतमा कठिनाइ देखिएपछि सडक सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरेको छ।
- उक्त सडक खण्ड कच्ची भएका कारण राति दृश्यता कम हुने, सडक किनारा छुट्याउन गाह्रो हुने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सडकको दुईतर्फी साइडमा ड्रम राखी टल्किने (Reflective) स्टिकर जडान गरेको हो।
सर्लाही, माघ २८
ट्राफिक प्रहरी सर्लाहीले कौडेना गाउँपालिका वडा नम्बर–३ पर्सा क्षेत्रमा पर्ने ड्राइभसन कच्ची सडक खण्डमा रातको समयमा सवारीसाधन आवतजावतमा कठिनाइ देखिएपछि सडक सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्थापन गरेको छ।
उक्त सडक खण्ड कच्ची भएका कारण राति दृश्यता कम हुने, सडक किनारा छुट्याउन गाह्रो हुने तथा दुर्घटनाको जोखिम बढ्ने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले सडकको दुईतर्फी साइडमा ड्रम राखी टल्किने (Reflective) स्टिकर जडान गरेको हो।
ट्राफिक प्रहरीका अनुसार रातको समयमा सवारी चालकलाई सडक स्पष्ट देखिने गरी गरिएको व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयले ट्राफिक प्रहरीको पहलको प्रशंसा गर्दै आगामी दिनमा सडकलाई थप व्यवस्थित र स्थायी रूपमा सुधार गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ