४३ जिल्लामा सेनामार्फत निर्वाचन सामग्री ढुवानी

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, फाल्गुन ११, २०८२
33 Views
समाचार सारांश
  • काठमाडौं, १० फागुन — नेपाली सेना ले देशका ४३ जिल्लामा निर्वाचन सामग्री सफलतापूर्वक पुर्‍याएको जनाएको छ।
  • निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले देशभर सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको हो।

काठमाडौं, १० फागुन — नेपाली सेना ले देशका ४३ जिल्लामा निर्वाचन सामग्री सफलतापूर्वक पुर्‍याएको जनाएको छ। निर्वाचन पूर्वतयारीअन्तर्गत सेनाले देशभर सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको हो।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत का अनुसार ४३ जिल्लामा आवश्यक निर्वाचन सामग्री पुगिसकेको छ भने बाँकी जिल्लाहरूमा पुर्‍याउने कार्य जारी छ। उनका अनुसार हाल १२ जिल्लामा सामग्री ढुवानी भइरहेको छ र त्यसपछि बाँकी २२ जिल्लामा सामग्री पुर्‍याइनेछ।

तीन हिमाली जिल्ला — हुम्ला, मुगु र डोल्पा — मा हवाई मार्गबाट सामग्री ढुवानी गरिएको छ। विशेषगरी डोल्पामा आइतबार सेनाको ‘स्काई ट्रक’ मार्फत मतपत्र, मतपेटिका, मसी मार्कर, स्वस्तिक छाप, स्टिकर तथा रंगिन मतदाता नामावलीलगायत सामग्री पुर्‍याइएको प्रवक्ता बस्नेतले जानकारी दिए।

अब मनाङ र मुस्ताङ मा पनि हवाई साधनमार्फत निर्वाचन सामग्री ढुवानी गर्ने तयारी रहेको सेनाले जनाएको छ।

निर्वाचनलाई सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न गराउने उद्देश्यले सेनाले दुर्गम तथा हिमाली जिल्लाहरूमा विशेष प्राथमिकताका साथ सामग्री ढुवानी गरिरहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस
मलंगवा आँख अस्पताल परिसरमा जनचेतनामूलक सूचना बोर्ड राखियो
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रस्थानमा
टी-२० विश्वकपमा नेपाल: रोहित पौडेल नेतृत्वमा टोलीको बिदाइ सम्पन्न
डिजिटल रूपान्तरणका परियोजना : ऋण, अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा
प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?