नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
28 Views
समाचार सारांश
  • काठमाडौं, २८ फागुन – सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
  • शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ, तर केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न केही समय लाग्ने भएको छ।

काठमाडौं, २८ फागुन

– सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ, तर केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न केही समय लाग्ने भएको छ।

श्रेष्ठका अनुसार प्रारम्भिक योजनाअनुसार मुख्य हलमा हुने फल्स सिलिङ फागुन १४–१५ भित्र सम्पन्न गर्ने र त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणाली जडान गर्ने तयारी गरिएको थियो। तर प्राविधिक जटिलताका कारण काम अपेक्षित समयमा सकिएको छैन। मुख्य हल पूर्ण रूपमा तयार हुन करिब १०–१२ दिन लाग्ने अनुमान गरिएको छ।

यसबीच वैकल्पिक व्यवस्था गर्दै भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ। श्रेष्ठका अनुसार, दुई–तीन दिनभित्र उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिनेछ। वैकल्पिक हलमा प्रतिनिधि सभाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार उपलब्ध हुनेछ र नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ। राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा भइरहेको छ।

निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। दैनिक करिब ३८०–४१० जनासम्मका कामदार तीन शिफ्टमा २४ घण्टा काम गरिरहेका छन्। श्रेष्ठले भने, “पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। अब करिब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ।”

निर्माण ढिलाइ हुनुका कारणहरूमा नेपाली सेनाको स्थानान्तरण, कोभिड–१९ महामारी, विदेशबाट आवश्यक सामग्रीको ढिला आपूर्ति र राजनीतिक–सामाजिक आन्दोलनको असर पर्दछन्। यद्यपि, समय लम्बिए पनि परियोजनाको लागत बढ्ने छैन। संसद भवनको सिभिल निर्माणमा करिब ५ अर्ब ५०–६० करोड, इन्टेरियरमा थप २ अर्ब ३४ करोड खर्च हुने अनुमान गरिएको छ।

करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सबै गतिविधि यही भवनबाट सञ्चालन हुनेछन्। यसअघि प्रयोग भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको थियो। नयाँ संसद भवन पूर्णरूपमा सञ्चालनमा आएपछि संसदका सबै पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा नयाँ गति: प्रमुख यादवको सक्रियताले अलपत्र आयोजना अघि बढ्दै ‎
रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित
अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
आईसीसी टी–२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो स्थानमै कायम
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला