दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै
- रामनगर–३ स्थित प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा दर्शनका लागि आउने भएका छन्।
- गढीमाईको विकास, संरक्षण तथा देश–विदेशमा यसको धार्मिक, सांस्कृतिक महत्व चिनाउने उद्देश्यले दिपक सिंहको विशेष पहलमा गढीमाई दर्शन कार्यक्रम आयोजना गरिएको हो।

रामनगर–३ स्थित प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा दर्शनका लागि आउने भएका छन्। गढीमाईको विकास, संरक्षण तथा देश–विदेशमा यसको धार्मिक, सांस्कृतिक महत्व चिनाउने उद्देश्यले दिपक सिंहको विशेष पहलमा गढीमाई दर्शन कार्यक्रम आयोजना गरिएको हो।
दिपक सिंहको नेतृत्व र सक्रियतामा आयोजना हुन लागेको यस कार्यक्रममा गढीमाई क्षेत्रको समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा स्थानीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममार्फत गढीमाई मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएका छन्।
गगन थापाको आगमनले गढीमाई क्षेत्रको धार्मिक पर्यटन विकासमा सकारात्मक सन्देश जाने तथा स्थानीय बासिन्दामा उत्साह थपिने अपेक्षा गरिएको छ। दर्शन कार्यक्रमको क्रममा स्थानीय अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ