एमाले अध्यक्ष ओलीले स्वीकारे मत परिणाम, जनताको निर्णयलाई दियो सम्मान

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
36 Views
समाचार सारांश
  • काठमाडौं, २८ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गरेका छन्।
  • बिहीबार सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

काठमाडौं, २८ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

ओलीले झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएको कुरा स्वीकार गर्दै भने,
“यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो।”

अध्यक्ष ओलीले आफ्नो पक्षमा मतदान गर्न पुगेका सबै मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने,
“तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।”

ओलीले निर्वाचनको नतिजाले पार्टीको प्रतिबद्धता र सेवाभावलाई कमजोर बनाएको नभएको स्पष्ट पार्दै भने,
“हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला