गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सुरु

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, पौष २०, २०८२
96 Views
गड्डाचौकीबाट सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सुरु
समाचार सारांश
  • २० पुस, धनगढी ।
  •  सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ ।

२० पुस, धनगढी ।  सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ । सशस्त्र प्रहरीको २५औं स्थापना दिवस एवं रजत महोत्सवको अवसर पारेर सशस्त्र प्रहरीले नेपालको पश्चिम सीमा नाका समेत रहेका गड्डाचौकीबाट आइतबार पूर्व–पश्चिम झण्डा मार्चको शुभारम्भ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्चको सुरु गरेका हुन् । झण्डा मार्चमा सहभागी हुने सशस्त्र प्रहरीलाई राष्ट्रिय र संगठनको झण्डासहित पालले बिदाइ गरेका थिए ।

पालले सशस्त्र प्रहरी बलको स्थापना भएको २५ वर्षलाई ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व–पश्चिम झण्डा मार्च गरिन लागेको बताएका छन् । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका पनि झल्काउने विश्वास उनको छ ।

मार्चमा ३५ जनाको टोलीले पैदल यात्रा गर्नेछ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्नेछ । झापाबाट समेत आजैदेखि झण्डा मार्च सुरु भएको छ । पश्चिम र पूर्वबाट झण्डा मार्च गरेको सशस्त्रको टोलीले १९औँ दिनमा नवलपुरमा भेट गर्नेछ । नवलपुरमै विशेष समारोहको आयोजना गर्दै सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला