बाजुरामा भिरबाट लड्दा एक जनाको ज्यान गयो

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, माघ २५, २०८२
145 Views
समाचार सारांश
  • बाजुरा ।
  • बाजुरामा भिरबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ।

बाजुरा ।

बाजुरामा भिरबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–६, पन्धाराका ४१ वर्षीय सन्तोष बुढाको उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार बुढा शुक्रबार ढाडखर्क क्षेत्रतर्फ बाख्रा चराइरहेका बेला अचानक भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो।

अवस्था जटिल भएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइए पनि चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला