एमाले महासचिव पोखरेलको टिप्पणी : विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, जेठ १६, २०८३
18 Views
समाचार सारांश
  • काठमाडौँ ।
  • नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय गरेर स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गरेको बताएका छन् ।

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय गरेर स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिटभन्दा माथि विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको भन्दै प्रश्न उठाएका छन् ।

उनले नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् ।

पोखरेलले पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धिको अवस्थामा हरित ऊर्जाको प्रवर्द्धन गर्नुपर्नेमा विद्युतीय सवारीसाधनको प्रयोगलाई समेत निरुत्साहित गर्ने गरी करको भार थप्ने काम बजेटमार्फत गरिएको टिप्पणी गरेका छन्।

उनले बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन यस्तो निर्णय गरिएको भए सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने बताएका छन् ।

सरकारले नाफा लिएर बिक्री गरेको विद्युत् खपत बढ्दा भ्याट लगाएर जनतालाई थप भार थोपर्नुभन्दा आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा विद्युत् अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

महासचिव पोखरेलले विद्युत् सम्बन्धी भ्याट फिर्ता गर्न, जनताको हितमा निर्णय गर्न तथा स्वदेशी ऊर्जाको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
अधिकार र पहिचानको आवाज बोकेर चुनावी मैदानमा उपेन्द्र यादव
सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
मधेशमा कांग्रेसबाट जित्ने एकमात्र उम्मेदवार बने फिरदोश आलम
एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै
अतिक्रमण हटाउने कदम नागरिकविरुद्ध होइन : बालेन्द्र शाह
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला