बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, जेठ १५, २०८३
49 Views
समाचार सारांश
  • महेन्द्रनगर ।
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, पर्यटन, पूर्वाधार, खेलकुद र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ।

महेन्द्रनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, पर्यटन, पूर्वाधार, खेलकुद र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सुदूरपश्चिममै पहिलोपटक सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार विधाका शैक्षिक कार्यक्रम सञ्चालन गरिने घोषणा गरे । स्वास्थ्य शिक्षा विस्तार तथा प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि सारिएको हो ।

पर्यटनतर्फ रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुन क्षेत्रलाई समेटेर सुदूरपश्चिमको विशिष्ट पर्यटकीय विकास गरिने भएको छ । खप्तड–बडिमालिका तथा शुक्लाफाँटा प्रादेशिक पर्यटकीय करिडोरको प्रवर्द्धन गरिनुका साथै अपि हिमाल ट्रेकिङ रुट विकास कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।

कृषि तथा पूर्वाधारतर्फ महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमान्ड क्षेत्र विस्तार गरिने भएको छ। कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाहमा एकीकृत जाँच चौकी आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।

खेलकुद पूर्वाधारअन्तर्गत धनगढीस्थित निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ। यसलाई सुदूरपश्चिमको खेल पर्यटन र क्रिकेट विकाससँग जोडेर हेरिएको छ ।

सडक पूर्वाधारमा गड्डाचौकीदेखि कोहलपुरसम्मको महेन्द्र राजमार्ग स्तरोन्नतिको अध्ययन सम्पन्न गरिने भएको छ। महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइने तथा खुटिया–दिपायल सडक स्तरोन्नतिलाई तीव्रता दिइने बजेटमा उल्लेख छ ।

ऊर्जा क्षेत्रतर्फ २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। यस्तै, कञ्चनपुरको बेलौरी टाउन बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने कार्यक्रम पनि समावेश गरिएको छ ।

सामाजिक समावेशीकरणअन्तर्गत सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले बजेटले पर्यटन, खेलकुद र पूर्वाधार विकासका क्षेत्र समेटेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। यद्यपि सुदूरपश्चिमका लागि विनियोजित बजेटको वास्तविक आकार रातो किताब सार्वजनिक भएपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ ।

उनले घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए सुदूरपश्चिमको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
पशुपतिनाथमा हर्क साम्पाङको श्रमदान, मन–तन–वातावरण सरसफाइमा जोड
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मधेश प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा सिराहा–४ का सांसद Er Tapeshwar Yadubansi मधेश प्रदेश लगायत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले रु. १००
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?