फागुन १५ गते देखि २५ सम्म विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने’
- सर्लाही,०१ फागुन ।
- सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न फागुन १५ गते देखि २५ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोगमा रोक लगाईने भएको छ ।

सर्लाही,०१ फागुन । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न फागुन १५ गते देखि २५ गतेसम्म विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोगमा रोक लगाईने भएको छ । निर्वाचन आयोगको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्डले विदेशी नम्बर प्लेटको गाडीलाई रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित सन्चारकर्मीहरुसगँ सुरक्षा निकायको समन्वयात्मक बैठकमा जिल्ला सुरक्षा समिती सर्लाहीका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले फागुन १५ गते देखि २५ गतेसम्म कुनैपनि चार वा दुई पाङ्ग्रे विदेशी नम्बर प्लेटका गाडी सन्चालन गर्न नपाईने बताउनुभयो । उनले फागुन १४ गतेसम्म मात्र भन्सार कार्यालयलाई अनुमती पत्र दिन जिल्ला प्रशासन कार्यालयले परिपत्र नै गर्ने बताए ।
रोक लगाईएको दश दिन अवधि भित्रमा विदेशी नम्बर प्लेटका गाडी सन्चालन भएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले जुनसुकै बेलामा नियन्त्रणमा लिन सकिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । बैठकमा निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक, राजनीतिक दल तथा सन्चारकमीले इमान्दारिताका साथ परिपालना गर्ने निर्णय भएको छ । बैठकमा मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया र तिनै तहका सुरक्षा निकायका प्रमुखसहित सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ