दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, माघ १३, २०८२
158 Views
समाचार सारांश
  • रामनगर–३ स्थित प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा दर्शनका लागि आउने भएका छन्।
  • गढीमाईको विकास, संरक्षण तथा देश–विदेशमा यसको धार्मिक, सांस्कृतिक महत्व चिनाउने उद्देश्यले दिपक सिंहको विशेष पहलमा गढीमाई दर्शन कार्यक्रम आयोजना गरिएको हो।

रामनगर–३ स्थित प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा दर्शनका लागि आउने भएका छन्। गढीमाईको विकास, संरक्षण तथा देश–विदेशमा यसको धार्मिक, सांस्कृतिक महत्व चिनाउने उद्देश्यले दिपक सिंहको विशेष पहलमा गढीमाई दर्शन कार्यक्रम आयोजना गरिएको हो।

दिपक सिंहको नेतृत्व र सक्रियतामा आयोजना हुन लागेको यस कार्यक्रममा गढीमाई क्षेत्रको समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा स्थानीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममार्फत गढीमाई मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएका छन्।

गगन थापाको आगमनले गढीमाई क्षेत्रको धार्मिक पर्यटन विकासमा सकारात्मक सन्देश जाने तथा स्थानीय बासिन्दामा उत्साह थपिने अपेक्षा गरिएको छ। दर्शन कार्यक्रमको क्रममा स्थानीय अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
सर्लाहीमा टाउको विनाको अवस्थामा वन चौकीदारको शव फेला, अनुसन्धान जारी
सर्लाहीमा बेपत्ता युवकको शव पोखरीमा फेला
‎चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ ‎
एमाले अध्यक्ष ओलीले स्वीकारे मत परिणाम, जनताको निर्णयलाई दियो सम्मान
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
चार प्रदेशमा वर्षाको सम्भावना
चार प्रदेशमा वर्षाको सम्भावना
जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनको चेतावनी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला