गणतन्त्र दिवसको समारोहमा पूर्वप्रधानमन्त्रीहरुको शून्य उपस्थिति, बोलाइएन कि गएनन् ?

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, जेठ १५, २०८३
18 Views
समाचार सारांश
  • गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा आज कुनै पनि पूर्वप्रधानमन्त्री देखा परेनन् ।
  • कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा आज कुनै पनि पूर्वप्रधानमन्त्री देखा परेनन् । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए ।

हरेक वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसको समारोहमा पुर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गर्ने परिपाटी रहेको छ । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्छ ।

गणतन्त्र दिवसमा पाहुनाहरू डाक्ने कार्य भने गृहले गर्दै आएको छ । गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले हरेक वर्षजस्तै यस वर्ष पनि सबै पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रण गरिएको बताए ।

‘हामीले प्रोटोकलअनुसार सबैलाई निमन्त्रण पठाएका छौं, पूर्वप्रधानमन्त्रीहरू

पनि कसैलाई छुटाइएको छैन,’ उनले भने, ‘तर आज पूर्वप्रधानमन्त्रीज्यूहरुको उपस्थिति रहेन ।’

अघिल्ला वर्षहरुमा गणतन्त्र दिवसको समारोहमा नियमित उपस्थित हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत यस वर्ष आएनन् । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेन । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेशमा छन् । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पनि समारोहमा देखिएनन् ।

पूर्वप्रधानमन्त्री ओलीको सचिवालयले गणतन्त्र दिवसको समारोहमा सरकारबाट निमन्त्रण नआएको दावी गरेको छ । ओलीकी सचिवालय प्रमुख निरुदेवी पालले कुनै पत्र वा खबर नआएको बताइन् ।

स्वास्थ्यका कारण चिकित्सकहरुले घरबाहिर निस्कन बन्देज लगाएपछि ओलीले भेटघाट कम गर्नुका साथ जरुरी बैठक र छलफल पनि घरमै गर्ने गरेका छन् । यदि सरकारले बोलाएकै थियो भने पनि उनी जानसक्ने थिएनन् ।

पालले भनिन्, ‘औपचारिक निमन्त्रणा आएन, उहाँलाई नै कसैले फोन गरेको भए अर्कै कुरा ।’

प्रचण्डलाई भने ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता गएको बुझिएको छ ।

प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘हरेक वर्ष पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रण आउने गरेको थियो । यस वर्ष आएन । पछि बुझ्दा प्रतिनिधिसभा सदस्यको रुपमा सम्वोधन गरेर एउटा निमन्त्रण पिजनहोलमा छोडिएको रहेछ ।’

प्रचण्डलाई सामान्य रुघाखोकी लागे पनि उनी समारोहमा जानै नसक्ने अवस्थामा भने थिएनन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो नआएपछि उनले नजाने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
कांग्रेसले भीष्म आङ्देम्बेको नेतृत्वमा बनायो ‘छाया सरकार’, कसलाई कुन मन्त्रालय ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
संघीयता खारेज गर्ने कुनै पनि प्रयास भए त्यसको कडा प्रतिकार हुने चेतावनी दिँदै नेता Upend
जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
अनुचित सवारी प्रयोग गर्ने उम्मेदवारलाई २५ हजारसम्म जरिवाना
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
सहकारी बैंकको पुन: निर्माणको यात्रा
सहकारी क्षेत्रमा संकट गहिरिँदै: सुधारका लागि उद्यमशीलता र पारदर्शितामा जोड
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला