सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, जेठ १०, २०८३
18 Views
समाचार सारांश
  • १० जेठ, सर्लाही ।
  • सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।

१० जेठ, सर्लाही ।

सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो नदीले बगाएर बेपत्ता भएका सर्लाही लालबन्दी नगरपालिका–९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका–५ का २१ वर्षीय गणेश महतोको शव आइतबार फेला परेको हो ।

पाँच जना साथीहरूसँग नुनथर घुम्न गएका उनीहरू बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए । अन्य तीन जना भने सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार रोहितको शव आइतबार बिहान बागमती सिँचाइ आयोजनाको ड्यामभन्दा तल खोलामा फेला परेको थियो भने गणेशको शव दिउँसो बागमती नगरपालिका–११ क्षेत्रमा ड्यामभन्दा उत्तरतर्फ पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

स्थानीय, परिवारका सदस्य र सुरक्षाकर्मीको संयुक्त खोजीपछि दुवैको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

स्थानीयका अनुसार नुनथर र बागमती सिँचाइ आयोजनाको ड्याम आसपास क्षेत्रमा पौडी खेल्न निषेध गरिए पनि बाहिरी क्षेत्रबाट आउने युवाहरू नदीमा पस्ने गरेका छन् । सो क्षेत्रमा यसअघि पनि डुबेर मृत्यु हुने घटना हुँदै आएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एजेण्डामा अडिग रहने प्रतिबद्धता : ईश्वर पोखरेल
लामिछानेविरुद्धका अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको निर्देशन
आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाइने : निर्वाचन आयोग
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
कृत्रिम गन्ध’ प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व घटाउने प्रयास
नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
एसइई २०८१ : ५ लाख १० हजार विद्यार्थी सहभागी हुने
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला