राष्ट्रिय एजेण्डामा अडिग रहने प्रतिबद्धता : ईश्वर पोखरेल

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ १९, २०८२
62 Views
समाचार सारांश
  • काठमाडौं ।
  • नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हितका मुद्दा र एजेण्डामा अडिग भएर उभिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं ।

नेकपा एमालेका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय हितका मुद्दा र एजेण्डामा अडिग भएर उभिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार काठमाडौंमा सम्पन्न निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले भ्रष्टाचार र अनियमिततासँग एमालेको कुनै सम्झौता नहुने स्पष्ट पारे। उनका अनुसार जो–कोही व्यक्ति अनियमित कार्यमा संलग्न देखिएमा उसले कानुनी दायराभित्र आएर सजाय भोग्नैपर्छ, पार्टी सदस्य भए वा नभए पनि।

“अनियमितता र भ्रष्टाचारमा संलग्न व्यक्ति एमाले हुनै सक्दैन,” पोखरेलले भने, “यदि कसैको संलग्नता प्रमाणित भयो भने कानुनअनुसार कारबाही हुन्छ, यही एमालेको स्पष्ट नीति हो।”

पोखरेलले आफूबाट पनि कुनै प्रकारको गैरकानुनी वा अनियमित काम नहुने दाबी गर्दै त्यस्तो अवस्था आए जनताले दिने जुनसुकै सजाय स्वीकार गर्न तयार रहेको बताए। उनले पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक आचरणको आधार बनाउने उल्लेख गरे।

उम्मेदवारी प्रक्रिया रहर वा भावनामा आधारित नहुने उल्लेख गर्दै उनले पार्टीको विधि, प्रक्रिया र मूल्य–मान्यताअनुसार मात्रै उम्मेदवार तय हुने बताए। “कसैलाई मन लाग्यो भनेर उम्मेदवार बन्ने व्यवस्था हुँदैन,” उनको भनाइ थियो।

त्यसैगरी उनले समाजमा जातीय सद्भाव बिगार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधिको एमाले दृढ रूपमा विरोधमा उभिने स्पष्ट पारे। राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वको रक्षा पार्टीको प्राथमिकता रहने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला