प्रयास असफल, रास्वपामा रविको स्पष्ट सन्देश

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, पौष २६, २०८२
137 Views
समाचार सारांश
  • २६ पुस, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच चलिरहेको एकता प्रयास अन्ततः निष्कर्षमा नपुग्ने संकेत देखिएको छ।

२६ पुस, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच चलिरहेको एकता प्रयास अन्ततः निष्कर्षमा नपुग्ने संकेत देखिएको छ। यही सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा पछिल्लो घटनाक्रमबारे स्पष्ट धारणा राखेका छन्।
भर्चुअल माध्यमबाट बसेको आकस्मिक बैठकमा रविले एकता प्रक्रियामा उत्पन्न अवरोध र त्यसको कारणबारे जानकारी गराउँदै अब थप अन्योलमा नबस्ने संकेत दिएका थिए। बैठक स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग भएको सहमति अनुमोदन नगर्ने निर्णय सचिवालयले गरेको छ।
एकता छलफलका क्रममा निरन्तर नयाँ शर्त र पद बाँडफाँडसम्बन्धी प्रस्ताव आउन थालेपछि प्रक्रिया जटिल बन्दै गएको र त्यसले विश्वासको वातावरण कमजोर बनाएको बैठकमा उठाइएको विषय थियो।
यस निर्णयमा पार्टीका वरिष्ठ नेता बालेन शाहसमेत सहमत रहेको स्रोतको दाबी छ।
एकता प्रक्रिया टुंगिएसँगै उज्यालो नेपाल पार्टीले पनि आन्तरिक छलफल तीव्र बनाएको छ। सो पार्टीले केन्द्रीय समितिको बैठक बोलाउनुका साथै कुलमान घिसिङलाई अध्यक्षको भूमिकामा अघि सारेको छ। बैठकपछि पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गरिने तयारी रहेको बताइएको छ।
यसअघि भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने चर्चा थियो। तर पदाधिकारी र केन्द्रीय समितिमा प्रतिनिधित्वको विषयमा अन्तिम सहमति जुट्न नसक्दा प्रक्रिया अवरुद्ध भएको जनाइएको छ।
समानुपातिक उम्मेदवार चयनको विषयमा पूर्व सहमति कार्यान्वयन नभएको उज्यालो नेपाल पार्टीको गुनासो रहँदै आएको छ भने रास्वपा पक्षले भने पछिल्ला संवादमा कुलमान पक्षले पहिलेको समझदारीबाट पछि हटेको आरोप लगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली
राज्यको खर्चमा विदेश जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
वन्यजन्तु सप्ताह : जनकौलीमा चरा अबलोकन तथा बन्यजन्तुबारे अन्तरक्रिया
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
सुदूरपश्चिम कांग्रेसको असन्तुष्ट पक्षभित्रै असन्तुष्टि, दिनभर मन्त्री छान्न सकस
गोडैता नगर Gen – Z संघर्ष समिती अध्यक्ष वेद प्रकाश झाको नेतृत्वमा गोडैता नगरमा ज्ञापनपत्र: १५ दिनभित्र माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
सर्लाहीमा फागुन १८ देखि २२ गतेसम्म मदिरा बिक्री–वितरण बन्द गरिने’
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला