जेन–जीका आवाजलाई राष्ट्रिय बहसमा ल्याउन गगन थापाको आग्रह

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, पौष २६, २०८२
109 Views
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नजिकिँदै गर्दा पार्टीका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जेन–जी आन्दोलनबाट उठिरहेका राष्ट्रिय सवालहरूलाई गम्भीर बहसको विषय बनाउनुपर्ने बताएका छन् ।

काठमाडौं ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नजिकिँदै गर्दा पार्टीका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जेन–जी आन्दोलनबाट उठिरहेका राष्ट्रिय सवालहरूलाई गम्भीर बहसको विषय बनाउनुपर्ने बताएका छन् । उनले यस्ता मुद्दाहरूलाई सामान्य चर्चा वा सामाजिक सञ्जालमै सीमित नराखी आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफलको ढाँचामा लैजानुपर्ने धारणा राखेका हुन् ।
महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा जेन–जी आन्दोलनले देखाएका असन्तुष्टि, अपेक्षा र सुझावहरूलाई राजनीतिक दल, विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागितामा व्यवस्थित रूपमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार युवा पुस्ताले उठाएका प्रश्नहरू देशको भविष्यसँग प्रत्यक्ष जोडिएका छन् ।
उनले चुनावअघि नै राष्ट्रिय मुद्दाहरूमा साझा बहस गरिनुपर्ने प्रस्तावमा प्रारम्भिक काम सुरू भइसकेको जानकारी पनि दिएका छन् । “यस विषयमा केही साथीहरूले पहल गरिसक्नुभएको छ,” उनले उल्लेख गरे, “अब यसलाई सबैको सहभागितामा अघि बढाउन मैले एउटा गुगल सिट फर्म सार्वजनिक गरेको छु।”
महामन्त्री थापाका अनुसार उक्त फर्ममार्फत आम नागरिकले आफ्ना विचार, सुझाव र प्राथमिकताका मुद्दाहरू राख्न सक्नेछन् । संकलित सुझावहरूलाई आगामी दिनमा राजनीतिक तथा बौद्धिक विमर्शको आधार बनाइने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला