ओलीको रिहाइ माग्दै एमालेको चेतावनी— ‘कानुन, सडक र सदनबाट प्रतिवाद गर्छौं’

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, चैत्र १४, २०८२
43 Views
समाचार सारांश
  • POWER OF MADHESH | १४ चैत्र काठमाडौँ ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गरेको छ।

POWER OF MADHESH | १४ चैत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक को पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राम बहादुर थापा (बादल)को अध्यक्षतामा च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले ओलीको गिरफ्तारीविरुद्ध कानुनी, सडक र सदनबाट प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले भदौ २३–२४ का घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालत का बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेल ले आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिनुभयो।

उहाँका अनुसार भोलिदेखि पार्टी र आजदेखि जनवर्गीय संगठनहरूले विरोध कार्यक्रम सुरु गर्नेछन्। साथै, चैत्र १५ गते जिल्ला पार्टी कमिटीको आयोजनामा देशभर प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने निर्णय पनि गरिएको छ।

सबै राजनीतिक दलसँग संवाद र सहकार्य गर्ने तथा नागरिक समाजसँग समन्वय गर्न पार्टीले विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको पनि जनाइएको छ।

यसैबीच, एमालेनिकट युवा संघले अध्यक्ष ओलीको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघर मण्डला मा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला