निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, माघ २६, २०८२
138 Views
समाचार सारांश
  • २६ माघ, काठमाडौं ।
  •   काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्।

२६ माघ, काठमाडौं ।

 

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्। आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी हुँदैन।’

 

 

 

उनले काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित सोच र योजना चरणदेखि नै विज्ञ तथा सरोकारवालासँग छलफल गर्न महानगरपालिका खुला रहेको स्पष्ट पारिन् । आइतबार विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा कार्यवाहक प्रमुख डंगोलले स्थानीय आवश्यकता र अवस्थाअनुसारको सार्वजनिक यातायात प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘हामी हाम्रै सन्दर्भका अध्ययनले दिएका तथ्यका आधारमा काम गर्छौँ।’ यसैदिन संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीसँग पनि भेटघाट भएको थियो। उक्त भेटमा परिषदले हालसम्म गरेको काम, तयार पारेका योजना तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो। छलफलका क्रममा जीआईएस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ प्रणाली, एकीकृत एप्लिकेसन, तथ्य तथा तथ्याङ्क संकलन र रुट व्यवस्थापनलगायत विषयमा विचार–विमर्श भएको थियो।

 

 

यसअघि साझा यातायातका अधिकारीहरूसँग भएको छलफलमा पाटन अस्पतालदेखि विभिन्न प्रमुख अस्पतालहरू जोड्ने सेवा तथा कलंकीदेखि त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रीकालीन विद्युतीय बस सञ्चालनको सम्भावनाबारे पनि कुराकानी भएको थियो। छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ट्राफिक विज्ञ जगतमान श्रेष्ठलगायत अधिकारीहरूले पृष्ठपोषण गरेका थिए। महानगरपालिकाले वातावरणमैत्री र यात्रुमैत्री सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यसका लागि सूचना प्रविधिमा आधारित क्यासलेस एकीकृत यातायात प्रणाली, वास्तविक समयमा सूचना दिने प्रणाली, बस बिसौनी तथा सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति तथा साइकल यात्रीमैत्री सडक व्यवस्थापनलाई चुनौतीका रूपमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एजेण्डामा अडिग रहने प्रतिबद्धता : ईश्वर पोखरेल
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
सर्लाही – ४ : युवा उम्मेदवार अमनिश कुमार यादवले बढाए सक्रियता
बालेन शाह के पीएम बनते ही पूर्व प्रधानमंत्री केपी ओली और पूर्व गृह मंत्री रमेश लेखक गिरफ़्तार नेपाल के पूर्व प्रधानमंत्री केपी शर्मा ओली नेपाल पुलिस के प्रवक्ता अभिनारायण काफले ने बताया है कि पूर्व प्रधानमंत्री और नेपाल कम्युनिस्ट पार्टी (यूएमएल) के नेता केपी शर्मा ओली और पूर्व गृह मंत्री रमेश लेखक को गिरफ़्तार कर लिया गया है. काफले ने बीबीसी नेपाली को बताया कि ओली और लेखक दोनों को काठमांडू पुलिस परिसर ले जाया गया है. उन्होंने कहा कि उन्हें “जांच आयोग की रिपोर्ट को लागू करने के लिए मंत्रिपरिषद के फ़ैसले के अनुसार” गिरफ़्तार किया गया. पिछले साल हुए जेन ज़ी के विरोध प्रदर्शनों की जांच के लिए गठित गौरी बहादुर कार्की की अध्यक्षता वाले आयोग ने सुशीला कार्की के नेतृत्व वाली पिछली सरकार को एक रिपोर्ट सौंपी थी.
उपसभामुख निर्वाचनमा रास्वपाको राप्रपालाई समर्थन
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
डिजिटल रूपान्तरणका परियोजना : ऋण, अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
उपचार अभावमा गोडैता–२ जयपुरका बसलोचन मुखियाको अवस्था गम्भीर
शहीदको बलिदानलाई बेवास्ता गर्न नहुने बालेन शाहको भनाइ
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला