काठमाडौं–तराई द्रुतमार्गको स्थलगत अनुगमनमा प्रधानमन्त्री कार्की

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, माघ १३, २०८२
44 Views
समाचार सारांश
  • काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री कार्की द्रुतमार्ग क्षेत्र पुगेर निर्माण कार्यको प्रत्यक्ष अवलोकनमा सहभागी भएकी हुन्।

निरीक्षणका क्रममा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा पनि उपस्थित थिए। टोलीले आयोजनाको हालसम्मको प्रगति, निर्माण गुणस्तर तथा तोकिएको समयसीमा भित्र काम सम्पन्न हुने अवस्थाबारे सम्बन्धित निकायसँग जानकारी लिएको जनाइएको छ।

सरकारले काठमाडौं–तराई द्रुतमार्गलाई देशको आर्थिक र भौतिक विकाससँग जोडिएको रणनीतिक आयोजना मानेर प्राथमिकताका साथ अघि बढाइरहेको छ। प्रधानमन्त्री कार्कीले निर्माण कार्यमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने संकेत गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।

द्रुतमार्ग सम्पन्न भएपछि काठमाडौं र तराईबीचको यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो पनि पढौँ

वातावरण जोगाउनु हाम्रो जेन–जी पुस्ताको कर्तव्य
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
गोली लागेर कसरामा कार्यरत एक सैनिकको मृत्यु
नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
एमाले : क्षेत्र नं. २ र ४ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
भारतीय बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा ✨ (तस्बिरहरू)
World Educare Lucky Draw कार्यक्रम पूर्ण पारदर्शी तथा निष्पक्ष र मर्यादित रूपमा सम्पन्न, विजेताहरू घोषणा
विज्ञान: वरदान होइन, मानव सभ्यताका लागि अभिशाप!
डिजिटल रूपान्तरणका परियोजना : ऋण, अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला