सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
35 Views
समाचार सारांश
  • गोडैता, सर्लाही – सर्लाहीको गोडैता क्षेत्रमा सम्पन्न निर्वाचनमा ३५ मध्ये अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।
  • यसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रजनीश राय यादव, जनमत पार्टीका राकेश मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदीप झा, जनता समाजबादी पार्टी (जसपा) का रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का राम चरित्र सहनीसहित स्वतन्त्र तथा विभिन्न दलका उम्मेदवारहरू पर्दछन्।

गोडैता, सर्लाही

सर्लाहीको गोडैता क्षेत्रमा सम्पन्न निर्वाचनमा ३५ मध्ये अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। यसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रजनीश राय यादव, जनमत पार्टीका राकेश मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदीप झा, जनता समाजबादी पार्टी (जसपा) का रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का राम चरित्र सहनीसहित स्वतन्त्र तथा विभिन्न दलका उम्मेदवारहरू पर्दछन्।

जित हाँसिल गर्ने उम्मेदवारहरूमा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंह रहेका छन्। उनले ३५,६८८ मत प्राप्त गर्दै विजयी भएको र जमानत सुरक्षित भएको छ। नेपाली कांग्रेसका सभापति एवं उम्मेदवार गगन थापाले २२,८३१ मत प्राप्त गरेका छन् र उनको पनि जमानत सुरक्षित छ। नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ९,३४३ मत प्राप्त गरी आफ्नो जमानत सुरक्षित राखेका छन्।

निर्वाचन कानुनअनुसार, उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत पाएको खण्डमा धरौटी रकम जफत हुन्छ। गोडैता क्षेत्रमा कुल ७३,३६२ सदर मत परेकोमा करिब ७,३३६ मत प्राप्त नगरेका उम्मेदवारको जमानत जफत भएको छ।

उल्लेखनीय छ कि जमानत जफत हुने उम्मेदवारमध्ये राकेश मिश्रले १,५७२ मत, रजनीश राय यादवले १,४०१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले ५०० मतसमेत नपाएको विवरण निर्वाचन अधिकारीहरूले बताएका छन्। जिल्लाका अन्य क्षेत्रहरूमा पनि धेरै उम्मेदवारको जमानत जफत भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला