बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र २, २०८२
34 Views
समाचार सारांश
  • सर्लाही, पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानी क्षेत्रमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
  • शनिबार राति विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.

सर्लाही, पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानी क्षेत्रमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बससहित चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
एकल अभियानअन्तर्गत गोडैता नगरपालिका–३ मा कार्यक्रम सम्पन्न
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
वडाध्यक्ष र मेयरको पनि सम्पत्ति छानबिन हुन्छ, सुनको तोलातोला जोख्दा बल्ल थाहा पाउँछन् : सुधन गुरुङ
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला