सर्लाही,०९ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा फागुन १८ गतेदेखि २२ गतेसम्म मदिरा बिक्री–वितरण पूर्ण रूपमा बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उक्त निर्णय गरिएको जानकारी दिनुभयो । कडरीयाका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन मदिरा बिक्रीमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले होटल तथा पर्यटन व्यवसायी सघं सर्लाही लगायत अन्य व्यवसायीलाई तोकिएको अवधिमा मदिरा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । आदेश उल्लंघन गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ । निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ
सर्लाहीमा फागुन १८ देखि २२ गतेसम्म मदिरा बिक्री–वितरण बन्द गरिने’
समाचार सारांश
- सर्लाही,०९ फागुन ।
- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा फागुन १८ गतेदेखि २२ गतेसम्म मदिरा बिक्री–वितरण पूर्ण रूपमा बन्द गरिने भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
सशस्त्र प्रहरीका घुमुवाले दिए पत्रकार यादवलाई ज्यान मार्ने धम्की
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
विश्व सम्पदा दिवस मनाइँदै
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका विदेशी मुद्राको विनिमय दर
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन
ट्रेन्डिङ
