संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, फाल्गुन २, २०८२
226 Views
समाचार सारांश
  • ‎ ‎बलरा (सर्लाही), ०२ फागुन – संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
  • ‎सर्लाही निर्वाचन क्षेत्र नं.

‎बलरा (सर्लाही), ०२ फागुन – संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

‎सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा चौधरीले जसपा नेपाल परित्याग गर्दै कांग्रेसको सदस्यता ग्रहण गरेका हुन्।

‎चौधरीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का महासचिव तथा हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्र पनि कांग्रेसमा प्रवेश गरेका छन्।

‎उनीहरूलाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन कुमार थापाले पार्टीमा स्वागत गरेका थिए। स्वागत गर्दै थापाले लोकतन्त्र सुदृढीकरण र समृद्धिका लागि कांग्रेसको अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।

‎त्यसै कार्यक्रममा जसपा नेतृ वीणा सिन्हा, लाेसपाबाट विष्णु गाउँपालिका अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लाेसपा क्षेत्र नं. ४ का उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, क्षेत्र नं. ४ ‘ख’ का अध्यक्ष नवल कुमार सिंह तथा बहुजन समाजवादी पार्टीबाट गोडैता नगरपालिका अध्यक्षका प्रत्यासी श्याम गुप्ता लगायत सयौँ नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ।

‎नेपाली कांग्रेसका अनुसार उक्त प्रवेशले सर्लाही क्षेत्र नं. ४ को चुनावी समीकरणमा थप ऊर्जा र बल पुर्‍याउने विश्वास गरि एको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
जमिनमुनी गाडिएको मोटरसाइकल फेला, महोत्तरीमा रहस्यमय घटना
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
अधिकार र पहिचानको आवाज बोकेर चुनावी मैदानमा उपेन्द्र यादव
प्रमुख प्रशासकीय अधिकृत नपठाइएसम्म कार्यालय नजाने मेयर यादवको घोषणा
इनिशा विक हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनको चेतावनी
मलंगवाको मौसम अपडेट (समाचार)

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?