मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, पौष २१, २०८२
149 Views
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
समाचार सारांश
  • वीरगञ्ज ।
  • मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको यात्रुवाहक टाटा सुमो (जिप) दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

वीरगञ्ज । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ भएको यात्रुवाहक टाटा सुमो (जिप) दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । गाडीमा ६ जना पुरुष, १ महिला, १ बालक र १ बालिकासहित कुल ९ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार दुर्घटनामा घाइते भएका ९ जनालाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ । बाँकी ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ ।

मृतकहरूको अझैसम्म पहिचान (सनाखत) हुन बाँकी रहेको प्रहरीले बताएको छ । मृतकका शवहरू हेटौँडा ल्याइएका छन् ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट घाइते र मृतकको उद्धार गरेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

स्थानीयवासीहरूका अनुसार यो सडक खण्ड जोखिमपूर्ण रहेको र यसअघि पनि यस्ता दुर्घटना हुँदै आएका छन् । घटनाले स्थानीयमा शोकको वातावरण छाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विद्युत प्राधिकरणको सूचना : यी क्षेत्रमा केही दिन बिजुली जाने
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
जनता समाजवादी पार्टी, नेपालले सार्वजनिक गर्‍यो चुनावी घोषणा–पत्र
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
सहकारी क्षेत्रमा संकट गहिरिँदै: सुधारका लागि उद्यमशीलता र पारदर्शितामा जोड
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
गृहमन्त्री गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने पहल
मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?