सर्लाही–२ मा नेकपाको निर्वाचन समीक्षा बैठक सम्पन्न

पावर अफ मधेश पावर अफ मधेश
बिहिबार, फाल्गुन २८, २०८२
39 Views
समाचार सारांश
  • मलंगवा, सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.
  • २ सर्लाहीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित निर्वाचन समीक्षा बैठक मंगलबार सम्पन्न भएको छ।

मलंगवा, सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ सर्लाहीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित निर्वाचन समीक्षा बैठक मंगलबार सम्पन्न भएको छ। बैठक निर्वाचन परिचालन समितिको मलंगवा कार्यालयमा आयोजित गरिएको थियो।

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा सो क्षेत्रबाट उम्मेदवार रहेका महेन्द्र राय यादवले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम, चुनावी अभियान र संगठनात्मक गतिविधिबारे विस्तृत समीक्षा प्रस्तुत गरेका थिए।

उनले आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ बनाउने र जनतासँगको सम्बन्ध बलियो पार्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। बैठकले निर्वाचनबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ।

बैठकमा निर्वाचन क्षेत्रभित्रका पार्टीका नेता, पालिका र वडा स्तरका संयोजक तथा कार्यकर्ताको उपस्थित रहेको थियो।

निर्वाचन नतिजाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतोले ४२,५१२ मत प्राप्त गर्दै विजयी भएका छन् भने नेकपाका उम्मेदवार महेन्द्र राय यादवले ८,५२३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी बनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
सर्वोच्च अदालत जाने कांग्रेस निवर्तमान सांसदहरूको कार्यक्रम रोकियो
सशस्त्र प्रहरीका घुमुवाले दिए पत्रकार यादवलाई ज्यान मार्ने धम्की
डेटा सेन्टरको हब बन्दै नेपाल, नीति नियममा अझै अन्योल
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला