विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, चैत्र २६, २०८१
138 Views
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
समाचार सारांश
  • रत्ननगर, चैत २६ ।
  • पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ ।

रत्ननगर, चैत २६ । पूर्वी चितवनको रत्ननगरमा सोमबार विद्युतीय सुरक्षा दिबसको अबसरमा सचेतनामुलक प्रभातफेरी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले आयोजना गरेको सो प्रभातफेरीले टाँडी बजार परिक्रमा गरेको थियो । विद्युतको सही प्रयोग, चोरी नियन्त्रण र दुर्घटनाबाट जोगिन सार्वजनिक अपील गर्दै प्रभातफेरी निकालिएको वितरण केन्द्रका इन्जिनियर प्रदिप पौडेलले जानकारी दिए ।

प्रभातफेरीमा मुल व्यानरमा प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित प्रयोग गरौं, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्नेको साँचो, सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा लगायतका लगायतका नारा लेखेका थिए ।

प्रभातफेरी पछि वितरण केन्द्रमा आयोजित कार्यक्रममा इन्जिनियर पौडेलले अहिले लोडसेडिङ नरहेको स्पष्ट पारेका छन् । प्रसारण लाइन सुधारको काम भइरहेकाले विजुली काटिएको भन्दै उनले लोडसेडिङ नभएको बताए ।

“लो भोल्टेजको समस्या अन्त्य गर्न प्रसारण लाइन सुधारको काम भइरहेको छ उनले भने, यो लोडसेडिङ होइन ।” उनले असार सम्म प्रसारण लाइन सुधारको काम जारी रहने भएकाले त्यो बेला सम्म समय समयमा लाइन जाने बताए । प्रभातफेरीमा प्रशासन प्रमुख मुक्तिकुमारी भट्टराई सहित अन्य विभागिय प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलंगवा इन्जिनियर हत्या अपटेड;
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा सर्लाही क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता निर्विरोध निर्वाचित
आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
निर्वाचनमा सहभागी दलहरूलाई अनुशासनमा रहन आग्रह
केपी शर्मा ओलीको पत्थरी शल्यक्रिया सफल
इनिशा बिकको बलात्कारपछि हत्या प्रकरण : न्यायको माग गर्दै सर्लाहीमा प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?