मलंगवामा धार्मिक तथा सामाजिक एकताका लागि सद्भाव र्याली सम्पन्न
- मलंगवा, १७ साउन ।
- सर्लाहीको सदरमुकाम मलंगवामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ भव्य ‘सद्भाव र्याली’ आयोजना गरिएको छ।

मलंगवा, १७ साउन ।
सर्लाहीको सदरमुकाम मलंगवामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ भव्य ‘सद्भाव र्याली’ आयोजना गरिएको छ।
मलंगवा नगरपालिका र अन्तर धार्मिक सञ्जाल नेपाल (जिल्ला कार्यसमिति, सर्लाही) को संयुक्त आयोजनामा आइतबार बिहान र्याली निकालिएको हो।
बिहान ७:०० बजे मलंगवा वडा नं. १० स्थित शहिद चोकबाट सुरु भएको सद्भाव र्याली पुरानो बस पार्क, बाल मन्दिर चोक, नगरपालिका चोक, गणेश चोक र खानेपानी चोक हुँदै पुनः शहिद चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवद्वारा जारी सार्वजनिक अपिल अनुसार समाजको मूल आधार सामाजिक सहअस्तित्व, धार्मिक सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धता रहेको उल्लेख गर्दै शान्ति-सुरक्षा कायम राख्न तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न यो कार्यक्रम गरिएको हो।
र्यालीमा स्थानीय जनप्रतिनिधि, विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी-व्यवसायी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा स्थानीय बासिन्दाको बाक्लो सहभागिता रहेको थियो। सहभागिहरूले नेपालको राष्ट्रिय झण्डा, सामाजिक सद्भाव र एकता झल्किने सन्देशमूलक प्लेकार्ड तथा ब्यानरसहित बजार परिक्रमा गरेका थिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ