ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र २३, २०८२
34 Views
समाचार सारांश
  • २३ चैत, काठमाडौं ।
  • केपी शर्मा ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ।

२३ चैत, काठमाडौं ।

केपी शर्मा ओलीरमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ।

आजको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। यसअघि आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो, जहाँ ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूको बहस सम्पन्न भइसकेको छ।

ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। उनीहरूलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

यसैबीच, ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले सरकारले गैरकानुनी रूपमा थुनामा राखेको आरोप लगाउँदै थुनामुक्त गर्न माग गर्दै चैत १५ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला