लामिछानेद्वारा पार्टीभित्र एकता र देश केन्द्रित राजनीति आवश्यक ठहर

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, चैत्र ४, २०८२
41 Views
समाचार सारांश
  • काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन्।
  • बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन सम्बोधन गर्दै लामिछानेले गुटगत राजनीति त्यागेर सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौं, ४ चैत

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन्।

बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन सम्बोधन गर्दै लामिछानेले गुटगत राजनीति त्यागेर सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। उनले भने,

“आँखामा जुन समस्या देखिन्छ, त्यसलाई तत्काल समाधान गर्नुपर्छ। पुराना राजनीतिक दललाई जस्तो हामीलाई जनता लामो समय कुर्दैनन्। कानुन निर्माता बन्ने दौड स्वार्थ समूहको घरघरमा छैन। गुट बनाएर कांग्रेस, एमाले जितिँदैन। घण्टीसँग सबै अटाउन सक्छौं।”

लामिछानेले आफ्नो पार्टीले निडर र स्थिर रूपमा अघि बढेको उल्लेख गर्दै चुनावमार्फत शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी दिएका छन्। उनले नागरिकको चेतनामा विश्वासका कारण आफ्नो पार्टी सफल भएको बताए।

कार्यकर्तालाई सचेत गराउँदै उनले चेतावनी दिए कि यदि व्यक्तिगत स्वार्थ र पदलोलुपता त्यागेर देश केन्द्रित राजनीति गर्न नसकिने हो भने पुराना दलभन्दा पनि खराब अवस्था हुने छ। उनले जोड दिए,

“आफ्नो हैसियत, पद वा पोजिसनमा केन्द्रित हुने होइन, देशलाई केन्द्रमा राख्नुपर्छ। केन्द्रित राजनीतिबाट बाहिर उठेर देश केन्द्रित राजनीति नगरे पुराना दलभन्दा पनि बत्तर हुनेछ।”

लामिछानेको यो अभिव्यक्ति रास्वपाका कार्यकर्ता र समर्थकहरूलाई एकताबद्ध र सक्रिय रहन प्रेरित गर्ने प्रयासका रूपमा लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला