बागमतीका निलम्बित मेयर थापाको भ्रष्टाचार मुद्दाको सर्‍यो पेसी

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, आषाढ २, २०८३
0 Views
समाचार सारांश
  • बागमती ।
  •  सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाई असार १५ गतेका लागि पेसी सरेको छ ।

बागमती । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाई असार १५ गतेका लागि पेसी सरेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि पेसी सरेको हो ।

यो मुद्दामा यसअघि ४ पटक साक्षी बुझ्ने आदेश भइसकेको छ भने एक पटक बहस नोट मगाउने आदेश भएको छ । २०८२ जेठ ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लिलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो ।

त्यस्तै, बिमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, विजयकुमार, गोकुल भुजेल र लीला कुमारी मुक्तानलाई विपक्षी बनाइएको छ । निलम्बित मेयर थापासहितले माछापोखरी निर्माणका नाममा पोखरीसमेतका गैरकानुनी संरचना निर्माण गरी साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको अभियोग छ ।

आयोगका अनुसार बागमतीको वडा नं. ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणका नाममा सङ्घ र प्रदेशबाट करोडौँ रकम माग गरी हिनामिना गरेको अभियोग छ ।

मधेस प्रदेश सरकारबाट पटक–पटक माछाविहीन पोखरीका लागि अनुदान लिइएको, निर्माण पूरा नभएको अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले एमओयूमा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान दिएको अभियोग पनि लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
Amrita kumari
Amrita kumari
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा आमाको नामबाट अंगीकृत नागरिकता वितरण’
अतिक्रमण हटाउने कदम नागरिकविरुद्ध होइन : बालेन्द्र शाह
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
हिन्दु देवी–देवता तथा महिलामाथि अपमानजनक शब्द प्रयोगको विरोधमा मलंगवामा प्रदर्शन
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
आर्थिक विधेयकमा हेरफेर र गाडी आयातबारे अर्थमन्त्रीको सचिवालयले भन्यो : नियोजित दुष्प्रचार मात्रै
हिन्दूराष्ट्रका लागि संविधान संशोधन भए सरकारलाई सहयोग : कमल थापा
सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
जंगी अड्डा अगाडि बमको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?