सर्लाहीमा प्रहरी कारबाहीमा अवरोध गर्ने दुई जना पक्राउ, मुख्य आरोपित अशोक यादव फरार ! 

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, जेठ २७, २०८३
237 Views
समाचार सारांश
  •   सर्लाहीमा प्रहरीमाथि हातपात तथा सरकारी काम कारबाहीमा अवरोध गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • घटनाका मुख्य आरोपित भनिएका नेकपा नेता अशोककुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

सर्लाहीमा प्रहरीमाथि हातपात तथा सरकारी काम कारबाहीमा अवरोध गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटनाका मुख्य आरोपित भनिएका नेकपा नेता अशोककुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार सोमबार राति करिब ११ बजे कविलासी नगरपालिका ८ अगर्वास्थित नवलपुर-मलङगवा सडक खण्डमा पार्किङ गरी राखिएको ना ६ ख ६७२३ नम्बरको ट्रकमा नवलपुर बाट आउदै गरेको ज १ त २५८० नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 

प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेका बेला ट्याक्टरधनी कविलासी नगरपालिका–१० सलेमपुर निवासी एवं नेकपा नेता अशोक कुमार यादव केही व्यक्तिसहित घटनास्थलमा पुगेका थिए । प्रहरीका अनुसार उनीहरूले दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी नै हातपात गर्दै प्रहरी नियन्त्रणमा रहेको ट्याक्टर घटनास्थलबाट लिएर फरार भएका थिए ।

 

घटनापछि सर्लाही प्रहरीको संयुक्त प्रहरीटोलीले प्रहरीको काम कारबाहीमा अवरोध पुर्‍याउने तथा होहल्ला गर्ने कविलासी नगरपालिका १० सलेमपुरका १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांसु यादवलाई राती नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

 

प्रहरीमाथि हातपात गरेको आरोप लागेका नेकपा नेता अशोक कुमार यादव सहित घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

गत वर्ष सर्लाहीमा जिल्ला पुर्वाधार कार्यालयमा रातिको समयमा चेक काट्दै गरेको अवस्थामा नेता यादवले बिरोध गर्ने क्रममा सर्लाही प्रहरी प्रमुख संग वादबिवाद भएको थियो । लामो समय मधेस केन्द्रित दल जसपाको राजनीतिमा लागेका नेता यादव जसपा परित्याग गरि नेकपा प्रवेश गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामिछानेविरुद्धका अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको निर्देशन
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
सर्लाही क्षेत्र न. ३ का जसपाका उम्मेदवार जेपि यादव माथी सर्लाहिकै बागमतीमा हातपातको प्रयास, घटना के कसरी भयो ?
सर्लाही – ४ : युवा उम्मेदवार अमनिश कुमार यादवले बढाए सक्रियता
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
समानुपातिकतर्फ २ करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?