जंगी अड्डा अगाडि बमको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, माघ १६, २०८२
44 Views
समाचार सारांश
  • १५ माघ, काठमाडौं — सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्ने हल्ला फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन्।

१५ माघ, काठमाडौं — सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखिएको भन्ने हल्ला फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह रहेका छन्। सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ।

प्रहरीका अनुसार सिंहले जंगी अड्डा अगाडि रहेको पेट्रोल पम्प नजिक झोलामा बम राखिएको भन्दै हल्ला फैलाएका थिए। शंकास्पद झोला खोलेर जाँच गर्दा त्यसभित्र बम नभई इटा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला