हिन्दु देवी–देवता तथा महिलामाथि अपमानजनक शब्द प्रयोगको विरोधमा मलंगवामा प्रदर्शन

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, पौष २३, २०८२
182 Views
समाचार सारांश
  • सर्लाही, २२ पुस — हिन्दु देवी–देवतामाथि तथा हिन्दु महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएको आरोप लगाउँदै हिन्दु सम्राट सेना सर्लाहीले मलंगवामा विरोध प्रदर्शन गरेको छ।
  • हिन्दु धर्म, संस्कृति र आस्थामाथि बारम्बार अपमानजनक अभिव्यक्ति दिइँदै आएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हिन्दु सम्राट सेनाले जनाएको छ।

सर्लाही, २२ पुस — हिन्दु देवी–देवतामाथि तथा हिन्दु महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएको आरोप लगाउँदै हिन्दु सम्राट सेना सर्लाहीले मलंगवामा विरोध प्रदर्शन गरेको छ।
हिन्दु धर्म, संस्कृति र आस्थामाथि बारम्बार अपमानजनक अभिव्यक्ति दिइँदै आएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको हिन्दु सम्राट सेनाले जनाएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले वीरगञ्जमा ‘हिन्दु भगाऊ, देश बचाऊ’ जस्ता नारा लगाउने व्यक्तिहरूलाई तत्काल कारबाही गर्न माग गरेका थिए।
मलंगवामा आयोजित विरोध प्रदर्शनमा हिन्दु सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवसहित सर्लाही जिल्लाका हिन्दु सम्राट सेनासँग आवद्ध युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले हिन्दु देवी–देवतामाथि टीका–टिप्पणी तथा अपमानजनक अभिव्यक्ति दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन्। साथै धनुषा जिल्लामा निर्दोष युवाहरूलाई पक्राउ गरिएको आरोप लगाउँदै उनीहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसमेत गरिएको छ।
हिन्दु सम्राट सेना नेपाल सर्लाहीका संयोजक रामानन्द साहका अनुसार, धार्मिक सद्भाव र सामाजिक शान्ति कायम राख्न यस्ता गतिविधिमाथि राज्यले कडा कदम चाल्न आवश्यक रहेको प्रदर्शनमार्फत माग गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला