निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
- काठमाडौं — नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्य लीमा अधिकारी ले पदबाट राजीनामा दिएकी छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सोमबार निफ्राको जिम्मेवारीबाट बिदा लिएकी हुन्।

काठमाडौं — नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्य लीमा अधिकारी ले पदबाट राजीनामा दिएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले सोमबार निफ्राको जिम्मेवारीबाट बिदा लिएकी हुन्। अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन्।
करिब साढे चार वर्ष निफ्राको सञ्चालक समितिमा कार्यरत रहेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।
राजीनामापछि उनले आफ्नो कार्यकाललाई महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु गौरवको विषय भएको बताएकी छन्।

आगामी दिनमा भने उनले नेपालको पूर्वाधार विकासमा देखिएका अवरोध समाधान गर्न नीतिगत तथा प्रशासनिक सुधारका पहलहरूमा सक्रिय रहने जनाएकी छन्। साथै, नेपालको आर्थिक रूपान्तरणका लागि ठूला तथा गौरवशाली आयोजनाहरूमा निफ्राले अझ प्रभावकारी रूपमा लगानी विस्तार गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरेकी छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ