शहीदको बलिदानलाई बेवास्ता गर्न नहुने बालेन शाहको भनाइ

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, माघ १६, २०८२
136 Views
समाचार सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई कहिल्यै नजरअन्दाज गर्न नहुने बताएका छन्।
  • शहीद दिवसको अवसर पारेर सामाजिक सञ्जालमा सन्देश सार्वजनिक गर्दै उनले शहीदहरूको त्यागले आजको राजनीतिक चेतनाको जग बसाएको उल्लेख गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई कहिल्यै नजरअन्दाज गर्न नहुने बताएका छन्। शहीद दिवसको अवसर पारेर सामाजिक सञ्जालमा सन्देश सार्वजनिक गर्दै उनले शहीदहरूको त्यागले आजको राजनीतिक चेतनाको जग बसाएको उल्लेख गरेका हुन्।

उनले राणा शासनविरुद्ध संघर्ष गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदान स्मरण गर्दै भनेका छन् कि ती महान् शहीदहरूको क्रूर हत्या भएको दशकौँ बितिसक्दा पनि राज्य साँचो अर्थमा जनताको हुन नसकेको यथार्थ अझै कायम छ। व्यवस्था पटक–पटक परिवर्तन भए पनि सत्ताको चरित्र नबदलेको उनको टिप्पणी छ।

शाहले हालका वर्षहरूमा पनि सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवाहरूले जीवन गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले अब ती शहीदहरूले देखेका सपना साकार पार्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

दीर्घकालदेखि मौलाएको भ्रष्टाचार अन्त्य गर्दै सुशासन स्थापना गर्नु र देशलाई आर्थिक रूपमा सबल बनाउनु आजको प्रमुख जिम्मेवारी भएको शाहको भनाइ छ। साथै, राज्यका निकायहरूमा देखिएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनले बताएका छन्।

अब शहीदको रगतको सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएको भन्दै शाहले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणको संकल्प दोहोर्‍याएका छन्। भविष्यमा कसैले पनि शहीद बन्न नपरोस् भन्ने कामनासहित उनले सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
“पानी बचाऔँ, भविष्य बचाऔँ” — भन्दै GenZ अभियन्ता वेद झा
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला