प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, आषाढ १३, २०८३
17 Views
समाचार सारांश
  • काठमाडौं ।
  • प्राङ्क (Prank) भिडियो बनाउने नाममा Delivery boy लाई हैरानी तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं । प्राङ्क (Prank) भिडियो बनाउने नाममा Delivery boy लाई

हैरानी

तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी साम्प्रदायिक घृणा फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूले प्राङ्क भिडियोको बहानामा सर्वसाधारणलाई लक्षित गरी डर, त्रास र मानसिक हैरानी सिर्जना गर्ने तथा सामाजिक सञ्जालमार्फत साम्प्रदायिक भावना भड्काउने सामग्री उत्पादन र प्रसारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, सामाजिक सञ्जाललाई जिम्मेवारीपूर्वक प्रयोग गर्न र सामाजिक सद्भाव तथा सार्वजनिक शान्तिमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ।

प्रहरीले यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले कानुनविपरीत कार्य गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
रेशमलाई दीर्घकालीन र रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा मन्त्री परियारको जोड
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
सपना भिलेजद्वारा चेपाङको जीवन स्तर उकास्न मौरीको घार वितरण
ट्राफिक प्रहरी सर्लाहीले कौडेना–३ पर्सास्थित कच्ची सडकमा सुरक्षा व्यवस्थापन
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा कहिले हुँदैछ ?
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
माघ ५ गते सोमबारको राशिफल
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला