Breaking News notification प्राप्त गर्नुहोस् ।

Nepal top Online News Portals -Power Of Madhesh
सोमबार, श्रावण ११, २०८३

न्यायका लागि न्यायालय अगाडी धर्ना

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, जेठ १६, २०८३
37 Views
समाचार सारांश
  • सप्तरी, जेठ १२ ।
  •  अन्यायमा परेपनि न्याय पाउन नसकेको भन्दै एक जना पीडित न्यायालय अगाडी धर्नामा बसेका छन् ।

सप्तरी, जेठ १२ । अन्यायमा परेपनि न्याय पाउन नसकेको भन्दै एक जना पीडित न्यायालय अगाडी धर्नामा बसेका छन् ।

सिरहा नगरपालिका २० घर भएका ५८ सूर्यनारायण महतो आफ्नो एक जना नातेदारसहित मंगलबार राजविराजस्थित उच्च अदालत जनकपुर–राजविराज इजलाश अगाडी धर्नामा बसेका हुन् । उनले न्याय नपाएसम्म धर्ना जारि राख्ने अडान राखेका छन् ।

महतोले आफ्नै सहोदर दाजु सत्यानारायणले कीर्ते गरि जग्गा हडपने प्रयास गरेको र आदलतबाट समेत न्याय पाउन नसकेको बताएका छन् । उनले बुबा देवी महतोको नाममा रहेको जग्गा कीर्ते गरि दाजु सत्यनारायणले हडपन खोजेको तथा सो बारे उच्च अदालत जनकपुर–राजविराज इजलाशमा प्रमाणसहित दिएको कीर्ते जालसाज मुद्दा उपर मंगलबार नै सुनुवाइ हुँदा दाबी नपुगेको भनी ठहर गरेपछी आफू अन्यायमा परेको उनको दुखेसो छ ।

उनले लेखापढी व्यवसायमा संलग्न दाजु सत्यनारायण लहानस्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख दशरथ यादव तथा मोठ÷श्रेस्ता फाँटका कर्मचारी विष्णुकुमार सिंहको मिलोमतोमा २२ कठ जग्गा हडपन लागेको दाबी गरेका छन् ।

उनले बुबाको निधन भएको करिब १५ वर्ष बितिसकेको भएपनि अहिले बुबाकै कीर्ते हस्ताक्षर गरिएको कागजातको आधारमा जग्गा हडपन लागेको बताएका छन् ।

उनले यसअघि पनि दाजु सत्यानारायणले कीर्ते कागजातकै आधारमा करिब २२ कठ जग्गा आफ्नो नाममा रजिष्ट्रशन पास गराइसकेको जानकारी पनि दिए ।

मालपोत कार्यालयमै लेखापढी व्यवसायीको रुपमा काम गर्दै आएका दाजु सत्यनारायणको हाकिमहरुसँग उठबस र पहुँच भएकाले सोको गलत फाइदा उठाइरहेको उनले सुनाए ।

उनले कतैबाट न्याय नपाएपछी न्यायलय गुहार्न पुगेको तर यहाँबाट पनि न्याय पाउन नसकेपछी धर्नामा बसेको सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला

होम
रेडियो
पात्रो
युनिकोड
लगइन