सल्यानका सामुदायिक वनमा डढेलो नियन्त्रणबाहिर

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र ३०, २०८२
30 Views
समाचार सारांश
  • सल्यान, कालिमाटी गाउँपालिका — सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५, ६ र ७ अन्तर्गतका विभिन्न सामुदायिक वनमा एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
  • आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणको अभाव र निरन्तर चलिरहेको हावाहुरीका कारण आगो झन् फैलिँदै गएको छ, जसले स्थानीय बस्तीमा समेत जोखिम बढाएको छ।

सल्यान, कालिमाटी गाउँपालिका — सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५, ६ र ७ अन्तर्गतका विभिन्न सामुदायिक वनमा एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणको अभाव र निरन्तर चलिरहेको हावाहुरीका कारण आगो झन् फैलिँदै गएको छ, जसले स्थानीय बस्तीमा समेत जोखिम बढाएको छ।

वडा नम्बर ५ का घुसाबारी, हरियाली, देउराली, त्रिवेणी, सिमले; वडा नम्बर ६ का बयलडाडी, शान्ति; तथा वडा नम्बर ७ का अम्लीसेनी, महालक्ष्मी, हरियाली लगायतका सामुदायिक वनमा डढेलो फैलिएको स्थानीय स्रोतले जनाएको छ।

त्रिवेणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर गाहामगरका अनुसार हावाहुरीका कारण आगोको लप्को टाढाटाढासम्म फैलिँदा नियन्त्रण गर्न कठिन भइरहेको छ। यस्तै, बयलडाडी सामुदायिक वनका अध्यक्ष मंगलसिंह महतराले विकट भूगोलका कारण डढेलो निभाउन नसकिएको बताए। उनका अनुसार अघिल्ला वर्षहरूमा पनि स्थानीयहरूले स्याउला (हरियो हाँगा) प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गर्दै आएका थिए।

वडा नम्बर ७ का वडाध्यक्ष मित्रलाल रिजालले एक साताअघिदेखि नै विभिन्न स्थानमा डढेलो लागिरहेको जानकारी दिए। उनका अनुसार वडा नम्बर ७ मा रहेका ९ वटा सामुदायिक वनमध्ये अधिकांशमा आगलागी भएको छ, जसका कारण वातावरणमा प्रदूषण समेत बढेको छ।

हालसम्म डढेलोबाट कति क्षेत्रफलमा क्षति पुगेको छ भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन। स्थानीय तह, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले तत्काल आवश्यक उपकरणसहित समन्वय गरेर आगो नियन्त्रणतर्फ ध्यान दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
प्राङ्क भिडियोको नाममा हैरानी दिँदै साम्प्रदायिक घृणा फैलाउने कार्यमा संलग्न ३ जना पक्राउ
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
आज २०८१ साल चैत ११ गते सोमबारको राशिफल
सर्लाही क्षेत्र नं. ४ बाट  हिंदुवादी क्रांतिकारी यूवती सन्तोषी कंडेल सनातनी समानुपातिक उम्मेदवार
ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते’
मलंगवामा खुलेयाम तस्करी: प्रशासन मौन, सुशासनमाथि प्रश्न
‎चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ ‎
शहीदको बलिदानलाई बेवास्ता गर्न नहुने बालेन शाहको भनाइ
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला