राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार

पावर अफ मधेश पावर अफ मधेश
मंगलबार, चैत्र २६, २०८१
118 Views
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
समाचार सारांश
  • राप्ती, चैत २६ ।
  • राप्ती नगरपालिक वडा नं १० वडा नं १० चौघरा र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ ।

राप्ती, चैत २६ । राप्ती नगरपालिक वडा नं १० वडा नं १० चौघरा र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ ।

सीमान्तकृत चेपाङ समुदायलाई केन्द्रीत गरी आयोजना गरिएको शिविरमा बृद्धा, बालबालिका सहित स्थानीयहरुको उपचार गरिएको थियो । सोमबार चौघरा कोराक स्वास्थ्य चौकी र मंगलबार राष्ट्रिय आधारभूत विद्यालय किरणटारमा शिविर गरिएको हो ।

ग्रिन सोसाइटी नेपाल सौराहाको आयोजना तथा ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका वडा नं १०, रत्ननगर प्याब्सन, जेसीआई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवागृह काठमाडौंको प्राविधिक सहयोगमा विकट बस्तीमा शिविर गरिएको हो । कोराकमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका गरी २८६ जना र किरणटारमा ६५० जनाको उपचार गरिएको छ ।

राष्ट्रिय आधारभूत विद्यालय किरणटारमा आयोजित शिविरमा २१० जना बालबालिका सहित ६५० जनाको उपचार गरी निःशुल्क औषधि समेत वितरण गरिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए ।

शिविरमा सुगर, प्रेसर, टिटानस भ्याक्सिन, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परीक्षण, आँखा उपचार, चस्मा वितरण र स्त्री रोगसम्बन्धी जाँचसँगै निःशुल्क औषधि, ब्रस, मञ्जन, लिटो र झुल वितरण गरिएको परियारले बताए ।

ग्रिन सोसाइटीका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष तेजबहादुर तामाङ रहेका थिए । यसैबीच सोमबार चौघरा कोराक स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य शिविरमा पुगेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीय पूर्णिमाया चेपाङको जीवन जोगाउन सफल भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आएकी उनको अबस्था गम्भिर रहेको थियो ।

तर, समयमै स्वास्थ्यकर्मी र आयोजकको तत्परताले उनको ज्यान जोगियो । भण्डारा बजारबाट तुरुन्तै अक्सिजन ल्याइयो, प्राथमिक उपचार गरियो र थप उपचारका लागि अस्पताल पठाइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
मालंगवा–१० स्थित खेल मैदानको दुर्दशा, जिम्मेवार को ?
नबिल बैंकको लापरवाहीले उपभोक्ता समिति मारमा: काम सकिएपनि भुक्तानी रोकिँदा अन्योल, गार्डद्वारा दुर्व्यवहारको आरोप
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
लामिछानेविरुद्धका अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको निर्देशन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल
नका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । सबै सम्बन्धित भारत र नेपालबीच जे जति द्विपक्षीय मामिला छन्, यसमा कुनै तेस्रो पक्षको भूमिका छैन ।’
ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते’
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला