दक्षिण एसियाकै उत्कृष्ट सदन बनेको दाबी, अब अभ्यास र सिद्धान्तको पालो : सांसद मनिष झा

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, चैत्र २३, २०८२
32 Views
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान प्रतिनिधिसभालाई दक्षिण एसियाकै उत्कृष्ट सदनको संज्ञा दिएका छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान प्रतिनिधिसभालाई दक्षिण एसियाकै उत्कृष्ट सदनको संज्ञा दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदा केवल मत माग्ने उद्देश्य नभई दक्षिण एसियाकै उत्कृष्ट संसद् निर्माण गर्ने परिकल्पनासहित अघि बढेको उल्लेख गरे। उनले अहिलेको सदनको अवस्थाले त्यो परिकल्पना पूरा भएको महसुस भएको बताए।

उनले भने, “हामीले चुनावका बेला मतदातालाई भनेका थियौं– हामी केवल मत माग्न आएका होइनौं, दक्षिण एसियाको उत्कृष्ट प्रतिनिधिसभा बनाउने लक्ष्यसहित चुनावमा होमिएका हौं। आज सदनमा सहकर्मीहरूलाई हेर्दा त्यो परिकल्पना पूरा भएको देखिन्छ।”

सांसद झाले अब सदनलाई अझ प्रभावकारी बनाउन अभ्यास, राजनीतिक संस्कृति र सिद्धान्तमा आधारित कार्यशैली आवश्यक रहेको बताए।

त्यस्तै, उनले विगतमा संसद् खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटका प्रभावमा सञ्चालन हुने गरेको स्मरण गर्दै अब सदन स्वतन्त्र रूपमा सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने धारणा राखे।

सत्ता पक्ष बलियो हुँदै जाँदा दम्भ प्रदर्शन गर्नुको साटो उदारता, संस्कार र सिद्धान्त देखाउनुपर्ने उनको जोड थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनपछि बालेन सरकार: उच्च अपेक्षाबीच सुधारको कठिन परीक्षा
हिन्दू राष्ट्रका पक्षमा हलो चिन्हमा मतदान गर्न Gen-Z अभियन्ता वेद प्रकाश झा को आह्वान
प्रतिनिधिसभा निर्वाचन : २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक मत पनि पाएनन्
देशभर चुनाव आयो, देउवा निवासमा आएन
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जसपा (थापा मगर समूह) बीच एकता सहमति
निफ्रा सञ्चालकबाट लीमा अधिकारीको राजीनामा, अब प्रतिनिधिसभा सदस्यमा सक्रिय हुने
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा सर्लाही क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला