राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा सर्लाही क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार

पावर अफ मधेश पावर अफ मधेश
आइतबार, माघ ११, २०८२
311 Views
समाचार सारांश
  • सर्लाही ।
  • राष्ट्रियता, प्रजातन्त्र र उदारवादको मूल मन्त्र बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.

सर्लाही । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको मूल मन्त्र बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) ले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट समाजसेवी तथा सक्षम उम्मेदवार प्रदीप कुमार झा लाई प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाएको छ।

लामो समयदेखि सामाजिक सेवा, जनहितका मुद्दा र स्थानीय समस्याको समाधानमा सक्रिय रहँदै आएका झा जनतामाझ इमानदार र जनउत्तरदायी नेताका रूपमा परिचित छन्। पार्टीले राष्ट्रहित, धर्म–संस्कृति संरक्षण, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै उनलाई उम्मेदवार बनाएको जनाएको छ।

रा.प्र.पा. को चुनाव चिन्ह “हलो” रहेको छ। पार्टी नेतृत्वका अनुसार सर्लाही क्षेत्र नं. ४ का मतदाताले पहिचान, स्थायित्व र समृद्धिका लागि हलो चिन्हमा मतदान गर्ने विश्वास लिइएको छ।

स्थानीय बासिन्दाहरूले प्रदीप कुमार झालाई विकास, रोजगारी, शिक्षा र सामाजिक न्यायका सवाल संसदमा प्रभावकारी रूपमा उठाउने सक्षम प्रतिनिधिका रूपमा हेरेका छन्। आगामी निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ को प्रतिस्पर्धा अर्थपूर्ण र चासोपूर्ण बन्ने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला