राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न, २० औँ अधिवेशनको तयारीमा छलफल

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, चैत्र १८, २०८२
31 Views
समाचार सारांश
  • काठमाडौँ, १८ चैत – राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ।
  • बैठकको अध्यक्षता अध्यक्ष नारायण प्रसाद दाहालले गरेका थिए।

काठमाडौँ, १८ चैत – राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता अध्यक्ष नारायण प्रसाद दाहालले गरेका थिए।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय सभाको २० औँ अधिवेशनको पूर्वतयारीबारे व्यापक छलफल गरेको छ। यस क्रममा राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको विभिन्न समितिमा विभाजन, सभाको आगामी बैठकको कार्यसूची, बैठक कक्षको सीट योजना तथा प्रस्तावित कार्यतालिकाका विषयमा निर्णयात्मक छलफल भएको समितिले जनाएको छ।

कार्यव्यवस्था परामर्श समितिको एजेन्डामा सदस्यहरूको मनोनयन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको चयन, उपाध्यक्ष र सभापतिको निर्वाचन प्रक्रिया लगायतका विषयहरू समेटिएका थिए। साथै, विभिन्न दलका नेताहरूलाई शुभकामना मन्तव्य राख्नका लागि समय निर्धारण गर्ने विषयमा पनि छलफल गरिएको थियो। बैठकमा अन्य विविध विषयहरूमा समेत विचार आदान–प्रदान गरिएको थियो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको आवश्यकता औंल्याए। उनले सहकार्य र सहजीकरणका लागि सबै पक्षलाई आग्रह गरे।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरू, संघीय संसदका महासचिव र राष्ट्रिय सभाका सचिवको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
नेप्से दोहोरो अंक घट्याे, कारोबार ५ अर्बमाथि
सर्लाहि बरहथवामा पत्रकार सम्मेलन सम्पन गरेका
दिपक सिंहको विशेष पहलमा गगन कुमार थापा गढीमाई दर्शनका लागि रामनगर–३ आउँदै
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विस्तृत छलफल भएको छ।
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला