नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
- सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा तथा बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। स्वीस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ