सर्लाहीमा मतदान अधिकृतको ड्युटीकै क्रममा मृत्यु

पावर अफ मधेश पावर अफ मधेश
बुधबार, फाल्गुन २०, २०८२
188 Views
समाचार सारांश
  • सर्लाही, मलंगवा।
  • सर्लाही जिल्लामा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको अकस्मात् मृत्यु भएको छ।


सर्लाही, मलंगवा।
सर्लाही जिल्लामा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको अकस्मात् मृत्यु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान चलिरहेकै बेला उनी अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।
जिल्लाको सर्लाही अन्तर्गत पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटिएका रघुनाथ महतो ड्युटीकै क्रममा अचानक ढलेका थिए। उनी करिब ४२–४५ वर्षका रहेको बताइएको छ।
सहकर्मीहरूका अनुसार महतो मतदान प्रक्रिया सञ्चालन गरिरहेका बेला अस्वस्थ महसुस गरी बेहोस भएका थिए। त्यसपछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले दिउँसो करिब २:३० बजे उनलाई मृत घोषणा गरेका थिए।
मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन कारण सार्वजनिक हुने प्रहरीले जनाएको छ।
महतो रौतहट जिल्लाका स्थायी बासिन्दा रहेका र स्वास्थ्य सेवामा समेत आवद्ध व्यक्ति भएको खुलेको छ।
घटनाप्रति निर्वाचन कार्यालय तथा स्थानीय प्रशासनले दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला