सुस्तामा बढ्दाे तनाव : सरकारकाे अनुपस्थितिमा नागरिक नै सीमारक्षक

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, जेठ २९, २०८३
0 Views
समाचार सारांश
  • एसएसबीकाे दवावपछि तटबन्ध निर्माण अवरूद्ध रुपन्देही ।
  • पश्चिम नवलपरासीको नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी जानकारीबिना हतियारसहित प्रवेश गरेपछि स्थानीयले प्रतिकार गर्दै धपाएका छन् ।

एसएसबीकाे दवावपछि तटबन्ध निर्माण अवरूद्ध

रुपन्देही । पश्चिम नवलपरासीको नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी जानकारीबिना हतियारसहित प्रवेश गरेपछि स्थानीयले प्रतिकार गर्दै धपाएका छन् । सीमा समस्याबारे काठमाडौंमा बुद्धिविलास भइरहँदा सुस्ताका स्थानीय फेरि एकपटक वास्तविक सीमारक्षका रूपमा खडा भए ।

निशस्त्र स्थानीयले हतियारसहित आएका भारतीय सुरक्षाकर्मीलाई घेराबन्दी गरेको भिडियो शुक्रबार बिहानै नेपाल प्रेसले सार्वजनिक गरेको थियो ।  घटनापछि सो क्षेत्र केहीबेर तनावग्रस्त बनेपनि स्थानीय सबैले जुटेर निर्भयका साथ खबरदारी गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए  ।

बिहान ७ नबज्दै भएकाे घटनालाई लिएर नेपाली सुरक्षा अधिकारीले गृह मन्त्रालयमा साढे ८ बजे मात्र रिपोर्टिङ गरेको स्रोतले जनाएको छ । घटनाका प्रत्यक्षदर्शी स्थानीय सञ्जित शर्माका अनुसार स्थानीयले ‘यो तिम्रो बिहार होइन’ भन्दै प्रतिकार गरेपछि एसएसबीका सुरक्षाकर्मी पछाडि हटेका थिए ।

उनले भारतीय पक्षले पछिल्ला केही दिनयता सुस्ता क्षेत्रमा सक्रियता बढाएको र स्थानीयको आवतजावतमा समेत अवरोध सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिए ।

घटनाबारे जिल्ला प्रशासन कार्यालयले भने प्रष्ट जवाफ दिएको छैन । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेको विषयमा ८ बजेतिर जानकारी आएको बताउँदै त्यसबारे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बुझ्ने काम गरेको जनाएका छन् ।

अन्य कारणले नभई त्यहाँ निर्माण गरिएको कल्भर्टमा पानी जमेका कारण उनीहरु हेर्न आएको र स्थानीयलाई सम्झाइ बुझाइ गरी पठाइएको उनले दावी गरे ।

सुस्ता नेपाल–भारत सीमा विवादको संवेदनशील क्षेत्रका रूपमा चिनिएको छ । यसअघि पनि समय-समयमा दुवै देशका सुरक्षाकर्मी र स्थानीयबीच सीमा गतिविधिलाई लिएर विवाद तथा तनाव हुने गरेका छन् । २०२९ सालदेखि बस्दै आएका सुस्ताबासीले भारतीयहरूकाे हस्तक्षेपका कारण धेरैपटक दुःख पाएको र नेपाल सरकारले यसको समाधान नखोजेको गुनासाे गर्दै आएका छन् ।

जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले संसद्‌मा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भनी दिएको विवादित अभिव्यक्तिलगत्तै नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएका थिए ।

प्रधानमन्त्रीको सम्बोधन लगत्तै उनीहरु आएर रोकेपछि अहिलेसम्म निर्माणको काम अघि नबढेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नेपाल प्रेसलाई बताए ।

जेठ १७ गते आइतबार साँझ हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले सुस्ता गाउँपालिका वडा नं. ५ मा भइरहेको तटबन्धको काम रोक्न दबाब दिएपछि अहिलेसम्म काम अघि बढ्न नसकेकाे हाे ।

उपाध्यायले तटबन्ध निर्माण भइरहेको क्षेत्र नेपाल-भारत सीमाको दशगजामा नपर्ने र त्यो पूर्ण रूपमा नेपाली भूमिमै रहेको बताएका छन् । त्यसैगरी जेठ २९ गते बिहानै पनि भारतीय सुरक्षाकर्मी हतियारसहित आएर स्थानीयलाई तर्साउने काम गरेको उनको भनाइ छ ।

नारायणी नदीको कटान र डुबानबाट सुस्ता बचाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँको लगानीमा यो तटबन्ध निर्माण कार्य अगाडि बढाइएको थियो। कुलमान घिसिङ मन्त्री हुँदा आफैँ सो स्थानको निरीक्षण गरी बजेट विनियोजन गरिएको थियो ।

यो तटबन्ध निर्माण कार्य भरतपुर (चितवन) स्थित जलस्रोत आयोजना अन्तर्गत फरक-फरक ठेक्का प्रक्रियामार्फत अघि बढाइएको हो ।

भरतपुर चितवनले फरक-फरक ठेक्का लगाएको जलस्रोतको एउटा आयोजना छ । जसमा एउटा १ किलोमिटर पुरानो तटबन्धको मर्मत सम्भार गर्ने र अर्को असारसम्ममा सम्पन्न गर्ने गरी १३२ मिटरको नयाँ तटबन्ध निर्माण गर्ने योजना छ । १ किलोमिटरको पुरानो मर्मत सम्भार हो भने १३२ मिटरको चाहिँ नयाँ तटबन्ध हो । तर भारतीय पक्षले १३२ मिटरको नयाँ तटबन्ध कुनै हालतमा अघि बढाउन नदिनेगरी दबाव दिएको छ ।

नेपाली भूमिमै काम भइरहेको अवस्थामा प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले सुस्तामा दबाब बढाएको स्थानीयको आरोप छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण भारतीय पक्षको मनोबल बढेको र त्यसैको आडमा नेपाली भूमिमै भइरहेका अत्यावश्यक विकास निर्माणका कामहरूमा समेत बाधा पुग्न थालेको स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले गुनासाे गरेका छन् । नवलपरासी प्रहरीले गृहमा आज नै यो विषयमा रिपोर्टिङ गरिसकेको छ । जेठ १७ गतेको पनि यसैगरी रिपोर्ट पठाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा धामी निर्वाचित
सर्लाहीमा ३५ उम्मेदवारको जमानत जफत, रास्वपाका अमरेश सिंह विजयी
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जली यात्रा कहिले हुँदैछ ?
सर्लाहीका रोहित र गणेश बागमती नदीमा बेपत्ता भएपछि मृत भेटिए
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?