रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

पावर अफ मधेश पावर अफ मधेश
शुक्रबार, जेठ २९, २०८३
0 Views
समाचार सारांश
  • ​काठमाडाैँ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।

​काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।

मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो ।
​आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो।

मन्त्रिपरिषद् बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो ।

​गृह मन्त्रालयका उपसचिव, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुखहरू, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहने गरी समिति गठन गरिएको हो ।

​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ । ‘वर्षौँदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्रिपरिषद्को निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको छ’, उनले भने, ‘अब सबै सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुलाकी राजमार्गमा टिपर–ट्र्याक्टर ठक्कर: एक जना गम्भीर घाइते, टिपर चालक फरार
न्यायका लागि न्यायालय अगाडी धर्ना
शहीदको बलिदानलाई बेवास्ता गर्न नहुने बालेन शाहको भनाइ
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
सशस्त्र प्रहरीका घुमुवाले दिए पत्रकार यादवलाई ज्यान मार्ने धम्की
सर्लाही क्षेत्र नम्बर ४ मधुवनी मा
‎सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
राप्रपामा कारबाही विवाद : पदमुक्त पत्रपछि उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको प्रेस विज्ञप्ति सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?