पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त
- काठमाडौँ ।
- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन् ।

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त भएका छन् । सरकारले श्रेष्ठलाई राखेपको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन् । सदस्यमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका छन् ।
श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर हुन् । उनले लामो समय राष्ट्रिय टोली तथा विभिन्न क्लवबाट व्यावसायिक फुटबल खेलेका थिए ।
यस्तै, गौचन नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी हुन् । उनी नेपाली क्रिकेट इतिहासका सफल स्पिनरमध्ये एक मानिन्छन् ।नवनियुक्त पदाधिकारीहरूले खेलकुद क्षेत्रको विकास, खेल प्रशासनको सुदृढीकरण तथा खेलाडीमैत्री नीति निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् नेपालको खेलकुद क्षेत्रको सर्वोच्च सरकारी निकाय हो, जसले खेलकुद गतिविधिको सञ्चालन, समन्वय तथा विकाससम्बन्धी काम गर्दै आएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ