वडाध्यक्ष र मेयरको पनि सम्पत्ति छानबिन हुन्छ, सुनको तोलातोला जोख्दा बल्ल थाहा पाउँछन् : सुधन गुरुङ

पावर अफ मधेश पावर अफ मधेश
सोमबार, जेठ २५, २०८३
10 Views
समाचार सारांश
  • ‘यत्रो हामीले आन्दोलन गरेर यहाँसम्म सरकारलाई ल्यायौँ, तैपनि विपक्षीजस्तो गरेर फर्स्टमै अट्याक मलाई !
  • ’  पूर्वगृहमन्त्री सुधन गुरुङले रास्वपा सरकारले पक्ष-विपक्षी दल नछुटाइ सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

‘यत्रो हामीले आन्दोलन गरेर यहाँसम्म सरकारलाई ल्यायौँ, तैपनि विपक्षीजस्तो गरेर फर्स्टमै अट्याक मलाई !’

 पूर्वगृहमन्त्री सुधन गुरुङले रास्वपा सरकारले पक्ष-विपक्षी दल नछुटाइ सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन् । गुरुङले अब वडाध्यक्ष र मेयरको पनि सम्पत्ति छानबिन हुने बताए ।

धादिङस्थित क्रिक रिसोर्टमा अन्तरक्रियामा गुरुङले भने, ‘हाम्रो सरकारले पक्ष र विपक्ष भन्ने कुरामा त छुटाउँदैन नि त । गलतलाई गलत नै भन्दिन्छन्, होइन ? त्यही भएको हिसाबले पनि बुझ्नुभएको छैन कि उहाँहरूको सम्पत्ति छानबिन हुँदैछ । सुनको तोला-तोला जोख्छन् । छिट्टै बुझ्छन् । उहाँहरूलाई त्यतिखेर चाहिँ ओहो ठूलै गल्ती गरिएछ कि क्या हो भनेर बल्ल थाहा हुन्छ ।

आफ्नै उदाहरण दिँदै उनले भने-‘मेरो आफ्नै त भइरहेको छ भनेपछि आफ्नै सरकारले आफ्नै विपक्षी दलको मान्छे जस्तो गरेर, यत्रो हामीले आन्दोलन गरेर यहाँसम्म सरकारलाई ल्यायौँ, होइन ? तैपनि फर्स्टमै अट्याक मलाई !’

कोही पनि दूधले धोएको नहुने भन्दै गुरुङले भोलि रास्वपाकै मेयरलाई पनि छुने गरी नीति बनाउने बताए । ‘हामी सबैजना दूधले धोएको त, गङ्गामा नुहाएर आएको त कोही पनि छैन होला । सबैजनाको केही न केही त हुन्छ होला । कसै न कसैको गल्ती हुन्छ, कसैलाई लोभ हुन्छ, कसैलाई आज राम्रो छ भोलि नराम्रो हुन सक्छ’, गुरुङले थपे, ‘त्यही हिसाबले हामीले नीति-नियम बनाइदियौँ भने जो कोहीलाई पनि त्यही लागू हुने भयो । त्यही लुपहोलमा फेरि अर्को हाम्रो रास्वपाको मेयर आयो भने त तपाईं र हाम्रो नाक त काटियो नि ! समात्न त पर्छ फेरि हामीले त। रास्वपा भनेर छोड्ने कुरा त हुँदैन नि !’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
राप्ती-१० चौघराका स्थानियको निःशुल्क स्वास्थ्य परिक्षण
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
लामिछानेद्वारा पार्टीभित्र एकता र देश केन्द्रित राजनीति आवश्यक ठहर
जागिरे मानसिकताबाट उद्यमशीलता तर्फ: अबका युवा ‘रोजगारी खोज्ने होइन, दिने’ बन्नुपर्छ – वेद प्रकाश झा
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक
२०८४ को स्थानीय निर्वाचनका लागि गोडैता नगर प्रमुखमा दीपेन्द्र सराफ भावी उम्मेदवार
खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका दिनेश राईले गरे पार्टी छाडेको घोषणा
भर्खरै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?

यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ पर्सा जिल्लाको बीरगञ्ज अवस्थित यो २०८३ साल ३ महिना असार २ गतेका मुस्लिम समुदायहरूको मोहरम पर्वमा सावधानी स्थल नगरपालिका भित्र हरेक सडकमा युवाहरूको हातमा ठूलाठूला तरबार र हतियारहरू देखिएका छन्। जुन युवाहरू कलिलो उमेरका छन् जसको हातमा कलम र देशका भविष्य र आफ्ना भविष्य हुनुपर्ने तर त्यो युवाको हातमा एउटा हतियार छ। भोलिको दिनका सरकारले बेहोर्नुपर्ने धेरै ठूलो क्षतिका संकेत हुन् जस्तो मलाई लाग्छ। आज हाम्रा देशमा हातहतियार सार्वजनिक स्थलमा प्रयोग गर्नलाई कुनै पनि कानुन ऐन छैन जस्तो मलाई लाग्छ। र सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापी भाइरल भएका यी भिडियोले एउटा ठूलो संकेत दिन्छ कि आउने दिनमा देश र धर्ममा धेरै ठूलो संकट आउनेको यो ठूलो संकेत हो। यसले हामीले कुन रूपले हेर्छौ त्यसले कुनै फरक पार्दैन तर कुन समुदायले कहाँसम्मको देशमा शान्तिभङ र शान्तिका प्रतीक कार्य गरेछ भन्ने तपाईहरु नै भन्नुस्। के यो देशको शान्ति र हित र समुदायका शान्ति र हितका लागि यो प्रदर्शन गरिएको हो कि तपाईलाई के लाग्छ आफ्नो प्रतिक्रिया पक्कै राख्नुहोला