जनकपुरधाममा ‘सम्पदा यात्रा’ आयोजना, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल

पावर अफ मधेश पावर अफ मधेश
शनिबार, जेठ २, २०८३
11 Views
समाचार सारांश
  • जनकपुरधाम, २ जेठ — जानकी मन्दिरलाई UNESCO को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित शनिबार ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ।
  • जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको थियो।

जनकपुरधाम, २ जेठजानकी मन्दिरलाई UNESCO को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यसहित शनिबार ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ।

जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुरधामका विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको परिक्रमा गर्दै महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको थियो।

यात्राका क्रममा रामजानकी विवाह मण्डप, रंगभूमि मैदान, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदास्थलहरूको बाजागाजासहित पदयात्रा गरिएको थियो।

आयोजकका अनुसार जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा विश्व समुदायमाझ यसको पहिचान स्थापित गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको हो।

सम्पदा यात्रामा स्थानीय युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहललाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पावर अफ मधेश
पावर अफ मधेश
‘सबैको, सबैभन्दा राम्रो’ पूर्वेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?